आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु



काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको स्पष्टोक्ति दिएका छन् ।

बुधबार विभिन्न संचारमाध्यममा पत्रकार पुडासैनीले आत्महत्यापूर्व भिडियो रेर्कड गरेर आफूलाई मर्न बाध्य बनाइएको भन्दै श्रीमती सम्झनालाई सम्बोधन गर्दै रवि लामिछानेको नाम समेत लिएको भिडियो रहेको भन्ने समाचार आएपछि लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत् स्पष्टोक्ति दिएका हुन् ।

लामिछानेले मर्नेले लगाएको आरोप प्रमाणित भएमा आफू हदैसम्मको सजाय भोग्न तयार रहेको बताउँदै केही समयमा थप जानकारी समेत गराउने बताएका छन् ।

‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’ लामिछानेले लेखेका छन् ।