प्रचण्डले झलनाथलाई स्कुल विभाग दिने भनेपछि,ओली नेपालले गरे विवाद - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

प्रचण्डले झलनाथलाई स्कुल विभाग दिने भनेपछि,ओली नेपालले गरे विवाद



काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

विभिन्न विभागका विषयमा अध्यक्ष ओली तथा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा बुधबारको सचिवालय बैठक स्थगित भएको हो ।

खासगरी स्कूल विभागका विषयमा विवाद रहेको नेकपा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार स्कूल विभागका विषयमा पूर्व माओवादी पक्षधर लचिलो भएपनि पूर्व एमाले पक्षका नेताहरुबीच मै विवाद देखिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य झलनाथ खनाललाई स्कूल विभाग प्रमुखमा सिफारिस गरेका थिए । तर, पूर्व एमाले पक्षधरहरु भने नेता खनाललाई स्कूल विभाग दिने विषयमै विवादित छन् ।