६ बुँदे माग पत्र बुझाएसँगै राष्ट्रिय माविमा पठनपाठन सुरु

विशाल पाण्डेय / घोडाघोडी ।
घोडाघोडी नगरपालिकामा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पठनपाठन सुरु भएको छ । विगत ६ महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरू मङ्गलवार आन्दोलित बनेपछि पठनपाठन ठप्प भएको थियो ।
प्रध्यानाध्यापकले विद्यालयलाई अस्तव्यस्त पारेको र आफूहरूलाई तलब नदिएपछि आन्दोलन गर्न बाध्य रहेको राष्ट्रिय माविका शिक्षक दीपक राज गौतमले बताए । आफूहरूले प्रधानाध्यापक राम छ बिला चौधरीलाई माग पत्र पेस गरी सम्बोधन गरिने बताएपछि बुधवारदेखि पठनपाठन सुरु गरिएको गौतमले बताए ।
शिक्षकहरूले प्रधानाध्यापक समक्ष छ बुँदे माग पत्र पेस गरेका छन् । जसमा संचयकोष नियमित गर्नु पर्ने,आंशिक शिक्षकहरूको ३ महिनाको तलब दाखिला गर्नु पर्ने,बिहानी वा दिवा शत्र सञ्चालनको निर्णय गर्ने ,नियुक्ति पत्र दिनु पर्ने, लालमणि जोशी सरको सम्मान जनक व्यवस्था गर्नु पर्ने र प्रध्यानाध्यापकलाई सुध्रिने अवसर प्रदान गर्ने माग रहेका छन् ।
६ बुँदे माग भाद्र १ गते सम्म कार्यान्वयन नभएको खण्डमा अर्को चरणको आन्दोलन गरिने शिक्षक गौतमले बताए । ६ महिना देखी शिक्षकहरूको संचयकोषमा अहिले सम्म तलब दाखिला नभएको भन्दै शिक्षकहरूले गुनासो पोखेका छन् ।
राम छबिला चौधरी प्रधानाध्यापक भएर आएपछि विद्यालयको पढाईको गुणस्तर खस्किँदै गएको शिक्षकहरूले बताएका छन् ।
यता प्रधानाध्यापक राम छबिला चौधरीले शिक्षकहरूले उठाएका मागहरू सम्बोधन हुने गरी आफू लागी परेको बताएका छन् ।

