ट्रकले ठक्कर दिदाँ अरुणखोलामा रहेकाे पुल भाचियो,वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ट्रकले ठक्कर दिदाँ अरुणखोलामा रहेकाे पुल भाचियो,वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध



नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेकाे पुल भाचिएको छ । आज बिहान पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाचिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

पुल भाचिएपछि ठुला सवारी चल्न रोक लगाईएको छ । पुलकाे मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सचालन गरिने प्रहरीले जनाएकाे छ। बुटवल नारायणगढ सडक खण्डका झन्डै एक दर्जन फलामे पुल हरू जिण् भएपनि मर्मतका हुन सकेका छैन । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।

साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले जनाएकाे छ ।