प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप



काठमाडौं:‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन्।

लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए ।

उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन्। आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।