प्रभातफेरी, सांस्कृतिक र वक्तित्वकला कार्यक्रम गरि घोडाघोडीमा मनाईयो युवा दिवस

विशाल पाण्डेय / घोडाघोडी ।
अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि सोमबार विविध कार्यक्रम गरी मनाइएको छ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा पनि अन्तराष्ट्रिय यूवा दिवस मनाइएको छ । “सान्दर्भिक, समतामुलक र समाबेशी शिक्षाको लागि यूवा” भन्ने मुल नाराका साथ २० औं अन्तराष्ट्रिय यूवा दिवस विविध कार्यक्रम गरि मनाईएको हो ।
कार्यक्रममा प्रभात फेरि , सांस्कृतिक प्रस्तुतीसंगै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । “सम्य समाज निर्माणमा यूवाको भुमिका” बिषयक माध्यामिक तह तथा खुल्ला बक्तृत्वकला प्रतियोगितामा १६ जना विद्यालयबाट र ७ जना खुल्लाबाट प्रतियोगीहरु सहभागी भएका थिए ।
अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता अन्तर्गत पायनर्स एकाडेमी पहलमानुरकी छात्रा लुना भट्ट प्रथम, कमल बम मेमोरीयल माध्यामीक विद्यालय पहलमानपुरका छात्र आयुष अवस्थी द्धितीय र घोडाघोडी बहुमुखी क्याम्पसकी छात्रा अंशु बिष्ट तृतीय भएका छन् । यस्तै खुल्ला प्रतियोगी तर्फ ओम प्रकाश अवस्थी प्रथम, प्रशान्त डि.सी. र नारायणदत्त उपाध्याय द्धितीय तथा सीता चौधरी तृतिया भएका छन ।
घोडाघोडी नगर स्तरीय युवा संजालका अध्यक्ष शंकर डगौंराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका उप–प्रमुख प्रेम कुमारी थापा रहेकी थिइन् । संजालका कोषाध्यक्ष सुभद्रा चौधरीको स्वागत मन्तव्य सगैँ सुरु भएको कार्यक्रमको संचालन संजालका सचिब जनार्दन उपाध्यायले गरेका थिए ।


