दस हजार घुससहित शिक्षक पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

दस हजार घुससहित शिक्षक पक्राउ



दाङ । दाङमा एक जना शिक्षक दस हजार घुससहित पक्राउ परेका छन् ।

माध्यमिक विद्यालय रझेनामा पढाउने उच्च मावि राहत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

सिस्ने गाँउपालिका रुकुम घर भई हाल घोराही बस्दै आएका केसिले विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परिक्षामा नाम निकाल्ने भन्दै विद्यार्थीबाट पैसा लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।