ई प्लानेटको नयाँ शाखा कावासोतीमा - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

ई प्लानेटको नयाँ शाखा कावासोतीमा



गैँडाकोट,२० पुष ।
एजुकेशन प्लानेट ई–प्लानेट कन्सल्टेन्सीले आफ्नो सातौ शाखा नवलपरासीको कावासोतीमा शुभारम्भ गरेको छ । शाखा को आइतबार चर्चित फुटबल खेलाडी बिमल घर्ती मगरले उद्घाटन गर्नुभएको हो । मगरलाई यसअघि नै ई–प्लानेटले ब्रान्ड एम्बेसडरका रूपमा नियुक्ति गरिसकेको छ । ई प्लानेट कावासोती शाखा प्रमुख सुमन श्रेष्ठको अध्यक्षतामा भएको शाखा शुभारम्भ कार्यक्रममा बोल्दै फुटबल खेलाडी मगरले युवा विद्यार्थीको सहयोगार्थ आफू ई प्लानेटको ब्रान्ड एम्वेसडर बनेको बताउनुभएको छ । विद्यार्थीको अन्यौलता हटाउन शैक्षिक परामर्श केन्द्रहरुको भूमिका महत्त्वपूर्ण रहने वहाँको भनाई थियो ।15822134_10207930235635612_2049790516_n

कार्यक्रममा बोल्दै ई–प्लानेट चितवनका कार्यकारी निर्देशक देवराज कण्डेलले नवलपरासीका विद्यार्थी उच्च शिक्षाको जानकारीका लागी काठमाडौँ जाने बाध्यता हटाउन कावासोतीमा शाखा खोलेको जानकारी दिनुभयो ।

नेपालको आन्तरिक समस्याका कारण विद्यार्थीको वैदेशिक शिक्षा मोह बढेको भन्दै उहाँले उच्च शिक्षा हासिल गर्न विदेश जान खोज्नेलाई रोक्न नहुँने बरु फर्केर स्वदेशमा केही गर्ने वातावरण बनाईदिनुपर्नेमा जोड दिनुभयो ।15841659_10207930235355605_1124960547_n

कार्यक्रममा ई प्लानेटका केन्द्रीय अध्यक्ष नयन लामिछानेले ई प्लानेटले १२ वर्ष देखी सेवा दिँदै आएको जानकारी दिँदै शैक्षिक परामर्श केन्द्रहरुले विद्यार्थीहरूलाई सही सेवा दिन सके दिर्घकाल सम्म प्रभाव रहने बताउनुभयो । काठमाण्डौमा मुख्य कार्यालय रहेको ई प्लानेटको चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, अस्ट्रेलियाको सिड्नी, एडिलेड र पर्थमा शाखा कार्यालय हरू रहेका छन् । ई प्लानेटले बिशेषगरी अस्ट्रेलिया जान चाहने बिद्यार्थीहरुका लागी परामर्श दिने तथा भिसा सर्भिसेसका रूपमा काम गर्दै आएको छ । कावासोतिको नयाँ बजारमा रहेको सदभाव एजुकेशनको प्राङगणमा भएको कार्यक्रममा प्लस टु तर्फ विज्ञान संकाएका जिल्ला टप गर्न सफल मध्यविन्दु बहुमुखि क्याम्पसका विधार्थि विरेन्द्र काफले लाई विमल घर्ति मगरद्धारा हस्ताक्षेरित मायाको चिनो प्रदान गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय गायक रमेश राज भट्टराई, उमा गिरी लगायत स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति रहेको थियो ।