वडा कार्यालयमा बम बिस्फोट

झापा । बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ। नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान ४ः३० बजे बम बिस्फोट भएको जिल्ला प्रहरी झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्याल फुटेको छ । बिस्फोटबाट अन्य क्षतिकाे बारे प्रहरीले अनुसन्धान शुरु गरेको डीएसपी श्रेष्ठले बताउनुभयो ।
नेत्र विक्रम चन्द समूहले विष्फोट गराएको हुन सक्ने आशंका प्रहरीले गरेकाे छ ।
वडा कार्यालयमा नै बम विष्फोट भएपनि जिल्ला भरको सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरी प्रमुख मैनालीले जानकारी दिनुभयो।

