प्रदेशसभा सांसद कै न्युरोडमा पर्स लुटियो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रदेशसभा सांसद कै न्युरोडमा पर्स लुटियो



काठमाडौँ, २६ साउन । प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ ।

काठमाडाैँको न्युरोड भीडभाडमा अज्ञात व्यक्तिले आज दिउँसो झोलामा रहेको पर्स लुटेको सांसद सुवेदीले बताएकी छन् ।

भीड छिचोल्दै गर्दा पर्स लुटिएको पत्तै नपाएको सुवेदीले बताएकी छन् । उनका अनुसार पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरू थिए । यस्तै, एटिएम कार्ड, सांसद परिचय पत्र लगायत पनि पर्समै रहेको उनले बताइन् ।

उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन् । महानगरीय प्रहरी परिसरले पनि सुवेदीले घटनाबारे जानकारी नगराएको बताएको छ।

सुवेदीले प्रहरीमा भने निकै ढिला मात्रै उजुरी गरेकी छन् । बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंकतर्फ जाँदा प्रहरीमा उजुरी गर्न ढिलाई भएको सांसद सुवेदीले बताइन् । सुवेदी काभ्रेपलाञ्चोक ‘ख’बाट सत्तारुढ नेकपाका प्रदेश सांसद हुन्