प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम स्थगित - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम स्थगित



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल फर्किने अर्को मिति पनि स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ ।

यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो । तर ओलीको स्वदेश फिर्ता हुने तालिका आइतबार पनि रद्द भएको छ ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणकाे रिपोर्ट आउन बाँकी रहेकोले ओली आइतबार पनि स्वदेश फर्कने छैनन् । अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि (सोमबार) स्वदेश फर्कने सम्भावना रहेको सचिवालले जनाएको छ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।