डडेलधुरामा काङ्ग्रेस सभापति मल्लले गरे महिलामाथि आक्रमण

डडेलधुरा । महिला संघ डडेलधुरामा डडेलधुरा सभापति कर्ण मल्लले भाडभैलो मच्चाएका छन् । जिल्ला अधिवेसन सम्पन हुन नसकेर २०७१ पुसदेखि लामो समय अध्यक्ष पद रिक्त रहेको सघंमा मल्लका कारण भाडभैलो मचिएको स्रोतले बताएको छ । २०७१ पुस २५ गते उद्घाटीत नेपाल महिला संघको तेस्रो जिल्ला अधिवेसन पार्टीको जिल्ला नेतृत्वको कारण अध्यक्ष चयन गर्न नसकेर स्थगित भएको थियो ।
जिल्ला अध्यक्ष रिक्त रहेका कारण सघंको सांगठनिक काममा समस्या भएको भन्दै महिला सघंको विधान अनुसार केन्द्रले कलावति बोहरालाई काम गर्न संयोजक तोकेपछि मल्ल समूह कुटपिटमा उत्रिएको आरोप उनीमाथि लागेको छ। पार्टी कार्यालयमा छलफलका क्रममा संयोजक बोहरासहितका महिला नेतृमाथि सभापति मल्लका स्वकीय सचिव लगायत युवाहरूले भौतिक आक्रमण नै गरेको पीडित महिलाहरूले बताएका छन्।
आक्रमणबाट बोहरासहित बसन्ती भण्डारी गम्भीर घाइते छन् । भण्डारीको जिल्लामा उपचार सम्भव नभएपछि हाल काठमाडौंमा उपचार भइरहेको छ। महिला नेतृमाथि भएको भौतिक आक्रमणको चौतर्फी निन्दा भएपछि अहिले सभापति मल्ल समूह अनेक बखेडा बनाउनतिर लागेको स्थानीय एक नेताले नाम नखुलाउने सर्तमा जानकारी दिए । विधान विपरित कमला विष्टनै अध्यक्ष भन्दै महिला संघमा आफैले विवाद सिर्जना गराएर मल्ल राजनीतिक लाभ लिने दाउपेचमा रहेको ती नेताको आरोप छ।
प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनी आफ्नै निकट कार्यकर्ताबाट लगातार आलोचना खेपिरहेका छन् । आफ्नै समूहका भनिएहरूले पनि उनको साथ छोडेपछि मल्लले महिला संघमा हुँदै नभएको विवाद सिर्जना गरेको आरोप उनीमाथि लागेको छ। आफुसँग रहेका कार्यकर्ता टाढा नजाउन भनेर अधिबेशन नै नभएको अवस्थामा महिला संघकी कमला बिष्टलाई मल्लले अध्यक्ष दावी गर्दै विवाद सिर्जना गर्न खोजेको भन्दै डडेलधुरा कांग्रेस उनीप्रति रुष्ट बनेको छ।
डडेल्धुरा कांग्रेस स्रोतका अनुसार उनी यो विषयलाई कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवासँग जोडेर राजनीतिक लाभ लिन चहान्छन् । उनले अराजनीतिक गतिविधि गरिरहेको भन्दै देउवा उनीप्रति रुष्ट बनेका छन्। आफ्नो नाम जोडेर व्यक्तिग लाभ लिन खोजेको भन्दै देउवा उनीसँग रुष्ट बनेका हुन्।
खासगरी छविराज पन्त भौतिक मन्त्री हुँदा मल्लले पैसा उठाएको, मन्त्रालयमै कुटपिटको घटनासम्म भएको मिडियामै आएपछि नारायनथान झस्किएको हो । नारायनथान स्रोतले भन्यो, ‘उनी सभापतिको नाम बेचेर रकम असुल्दै गरेको घटना बारम्बार आएपछि देउवाले उनीबाट टाटिएका छन् । महिला संघ विवाद र यर्थात नेपाल महिला संघ केन्द्रीय समितिका अनुसार डडेल्धुरामा महिला संघको अधिवेशन भएको छैन । सभापति उमा रेग्मीले केहीदिन अगाडि जारी गरेको बिज्ञप्तीमा संघको निर्वाचन नभएको उल्लेख गरेकी थिइन।
अघिल्लो जिल्ला अधिवेशन उद्घाटन भएपनि सभापति मल्लले बन्द सत्र गराउन दिएनन् । अधिवेशनबाट आफू निकट नेतृत्व नआउने भएपछि मल्लले भाडभैलो मच्चाएको डडेलधुरा कांग्रेसको आरोप छ। महाधिवेशनको निर्वाचन प्रक्रिया र बन्द सत्र नभएकै अवस्थामा उनले आफु निकट कमला बिष्टलाई सभापति भन्दै हिडे । “विवादको सुरवात यहीबाट भएको हो, महिला नेतृ सरस्वती खड्काले भनिन् । यो कसैका कारण होइन, सभापति मल्लले नितान्त आफ्नो राजनीतिक लाभका लागि दादागिरी गरेका हुन् । पार्टी कार्यालयमा छलफलमा रहेका महिलाहरुलाई युवा समुह पठाएर कुर्सी हान्न लगाउने, हातपात गर्न लगाउने, अपशब्द प्रयोग गर्ने कुन हदसम्मको गुण्डागर्दी हो ? नेतृ खड्काले भनिन्–महिलामाथि दुब्र्यहार भएको छ, यो हदैसम्मको दादागिरी क्षम्य हुँदैन ।
पार्टीले यसमा केही एक्सन लिनुपर्छ, छानविन गर्नुपर्छ । सभापति मल्ल समुहले बाहुवलका भरमा महिला संघको नेतृत्व स्वघोषणा गरेको भन्दै महिला संघ केन्द्रले कमला बिष्टलाई तीन वर्षका लागि संघको साधारण सदस्य समेत नरहने गरी निकालेको छ । तर, यसपछि पनि सभापति मल्ल आफैले बिज्ञप्ती जारी गरेर बिष्ट नै सभापति भएको दाबी गर्दै हिडेका छन् । जवकी पार्टीको बिधान अनुसार कुनै पनि भातृ संगठनले आफ्ना सदस्य र कार्यकर्तालाई कारवाही गर्ने र फकुवा गर्ने कुरामा स्वायत्तता पाएको छ । डडेल्धुराका कांग्रेस नेताहरु पनि बिधि बिधान अनुसार महिला संघले काम गर्नुपर्ने बताउ छन् ।
महिला संघ केन्द्रले गरेको निर्णयविरुद्ध जाने अधिकार कसैलाई पनि नरहेको कांग्रेसका एक केन्द्रीय नेताले बताए। ‘महिला संघको विधान अनुसार रिक्त भएको जिल्ला अध्यक्ष पदमा केन्द्रीय अध्यक्षले नियुक्ती गर्न पाउने व्यवस्था छ। केन्द्रले गरेको वैधानिक निर्णयलाई पालना नगरी कुटपिटको घटना गर्नु सभापतिको दोष र खराव नियत रहेको प्रष्ट भएको छ,’ उनले भने। उनले मल्ल लाई देउवाको राम्रै आर्शिवाद रहेको बताए। प्रधानमन्त्री हुँदा मल्ललाई वाटुवाटारमा सँगै राखेका देउवा उनीसँग प्रधानमन्त्री कार्यालयको सूचना चुहाउने गरेको थाहा पाएपछि झस्किएका थिए ।
देउवाका नाममा उनी कमाउ धन्दामा लागेको चर्चा पनि त्यही बेला देउवा सर्कलमा चलेको थियो । ‘देउवाले मल्लालाई घोक्र्याएका हुन्’, देउवाका एक पूर्व स्वकीय सचिव भन्छन्, ‘देउवाका नाममा उनले अकुत सम्पत्ति आर्जेका छन्।’ ‘देउवाले उनलाई पार्टीबाटै निकाल्ने अवस्था आयो र उनी तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको साधारण सदस्य समेत नरहने गरी निकालिए’, उनले भने, ‘विषय यत्तिमा सकिएन । शाही सरकारले देउवालाई जेल हालेका बेला, मल्ल शाही सरकारको अञ्चलाधिस हुने चर्चा भयो । देउवा आफैले पनि चर्चामा सत्यता रहेको बुझेपछि उनी थप झस्किएका थिए । यो कुराको पुष्टि तत्कालिन अवस्थामा मल्लका केही निकटतमहरुले पुष्टि गरेका थिए । पार्टी एकतापछि मल्लले फेरि नारायनथानलाई रिझाउन सफल भए ।’
जानकारहरूका अनुसार उनले आफूबाट गल्ती भएको एक पटकलाई माफ गर्न हारगुहार गरेपछि नारायनथानले आँखा चिम्लिदिएको थियो । जसका कारण उनी डडेल्धुरा कांग्रेसको सभापति हुन सके । नारायनथान र मल्लको सम्बन्ध फेरि तव बिग्रियो जव उनी फेरि पुरानै धन्दामा लागे । देउवाले उनलाई फेरि टाढा राख्न खोजेपछि मल्ल नेता खुमबहादुर खड्काको शरणमा गए । खड्का र मल्लको स्वार्थ मिल्यो ।
नेपाली कांग्रेसका एक पूर्व केन्द्रीय सदस्यले भने, ‘मल्लले खुमबहादुर मार्फत् देउवासँग राजनीतिक बार्गेनिङ गर्ने, खड्काले पनि देउवाकै जिल्लाको पार्टी सभापति आफुसँग भएको देखाएर उनलाई तर्साउने गर्थे ।’ खड्काले देउवा बिरुद्ध मल्ललाई प्रयोग गरेको पनि ति पूर्व केन्द्रीय सदस्यको दावी छ । मल्लले बारम्बार आफूलाई विश्वासघात गरेपछि पछिल्लो समय नारायनथानले उनको माया मारेको हो । नेता खुमबहादुरको पनि निधन यता, नारायनथानसँगको पनि बिग्रिदै गएको सम्बन्धका कारण मल्ल संकटमा परेका बताइएको छ । ‘प्रदेश सभा टिकटमा पनि बागर्नेनिङ गरेर टिकट लिए तर, देउवालाई हराउनमा लागे’, स्रोतले भन्यो, ‘अहिले उनी डडेल्धुरामा बिभिन्न विषयमा विवाद गराएर आरजु र देउवालाई विवादमा ल्याउने आफू उहाँसँग लडिरहेको देखाउने र देउवा इतरको टीमको विश्वास जित्ने प्रयत्नमा रहेका छन् ।

