खोसियो रोनाल्डोको ७ नम्बर जर्सी - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

खोसियो रोनाल्डोको ७ नम्बर जर्सी



एजेन्सी । रियल मड्रिडले बेल्जियमका स्टार ईडेन हजार्डलाई ७ नम्बरको जर्सी उपलब्ध गराउने भएको छ ।

क्रिस्टियानो रोनाल्डोले लगाउदै आएको ७ नम्बरको जर्सी रियलमा अब हजार्डले लगाउने भएका छन् । रियलबाट रोनाल्डोको बहिर्गमनसंगै क्लबको प्रर्दशनको नाजुक बनेको थियो ।

खराब सिजनको अन्त्यसंगै रियालले लण्डन क्लब चेल्सीका हजार्डलाई रोनाल्डोको विकल्पको रुपमा क्लबमा ल्याएको थियो । हजार्ड यसै सिजन रियल मड्रिडसंग जोडिएका हुन् ।

रियलले एक बिज्ञप्ती जारी गर्र्दै हजार्डले रियलमा ७ नम्बरको जर्सी लगाउने पक्का गरेको हो ।

हजार्डले चेल्सीमा रहदाँ १० नम्बरको जर्सी लगाउँदै आएका थिए । रियलमा लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउने गरेका छन् ।

मोड्रिचले १० नम्बरको जर्सी नछाड्ने बताएपछि हजार्डले नयाँ नम्बरको जर्सीमा आँखा डुलाईरहेका थिए ।

अन्तिम समयमा क्लबले रोनाल्डोले लगाउने ७ नम्बरको ‘ट्रेडमार्क’ जर्सी हजार्डलाई दिने निर्णय गरेको हो ।