नेकपाले माफ मागी तत्काल कार्यालय छाड्न कांग्रेसको आग्रह - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेकपाले माफ मागी तत्काल कार्यालय छाड्न कांग्रेसको आग्रह



काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जग्गा भोगचनलसम्बन्धी नियम र नैतिकताविपरीत सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै उक्त सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।

बिहिबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रसाद शर्माले भने एमालेले गल्ती गरेकोमा क्षमा याचना मागी तत्काल सरकारी जग्गामाा रहेको भवन हटाई नीति, नियम र नैतिकतालाई थप लज्जित हुनबाट जोगाउनेछ।’

‘सत्तारूढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरित सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुखित तुल्याएको छ,’ ।केही दिनअघि कान्तिपुर दैनिकले नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचार लेखेको थियो।