रामकृष्ण ढकाल र उनकी पत्नीलाई ५ करोड ऋण तिर्न उर्दी जारी - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

रामकृष्ण ढकाल र उनकी पत्नीलाई ५ करोड ऋण तिर्न उर्दी जारी



काठमाडौं। ललितपुरको श्रीलालीगुराँस सहकारी संस्थाले गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहलाई ५ करोड ऋण तिर्न उर्दी जारी गरेको छ । ऋण नतिरेको भनी एक अखबारमा सूचना छाप्दै उनीहरूलाई बोलाइएको छ ।

सहकारी संस्थाले ऋण तिर्नुको साटो ढकाल दम्पत्तीले विभिन्न व्यक्ति लगाएर धम्क्याएको पनि आरोप लगाएको छ ।

ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो । ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ ।

सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ ।