कुनै एक दलको निर्णयका आधारमा पुर्व राजाको अधिकार खोस्न मिल्दैन :नेता सिटौला - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

कुनै एक दलको निर्णयका आधारमा पुर्व राजाको अधिकार खोस्न मिल्दैन :नेता सिटौला



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्षको हैसियतमा नागार्जुन दरबारमा बस्न दिने सुविधा लागि तत्कालिन माओवादी नेतृत्वको सहमतिका आधारमा भएको नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन् ।

तत्कालिन माओवादीको शीर्ष नेतृत्वको सहमतिका आधारमा आफू गृहमन्त्री भएका बेला उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी पास गरिएको सिटौलालाई उदृत गर्दै बीबीसी नेपाली सेवाले लेखेको छ ।

हालै मात्र तत्कालिन माओवादीको सुप्रिमो तथा हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा धेरै बोले नागार्जुनबाट लखेट्ने चेतावनी दिएपछि सिटौलाको यस्तो बयान आएको हो ।

सिटौलाले सर्वदलीय सहमतिका आधारमा नै नागार्जुनमा राख्ने निर्णय गरिएका कारण कुनै एक दलको निर्णयका आधारमा उक्त अधिकार खोस्न नमिल्ने बताएका छन् ।

गणतन्त्र घोषणाका बेला तत्कालिन प्रधानमन्त्री तथा राष्ट्रप्रमूख गिरीजाप्रसाद कोइरालाको प्रतिनिधिका रुपमा नारायणहिटीमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको बताएका उनले प्रशंशा पनि गरेका छन् ।

उनले भनेका छन्,‘वास्तवमा अहिले पनि म सम्झिन्छु, अन्तिम राजा ज्ञानेन्द्रले संविधानसभाको निर्णय मानेर उहाँले अन्त्य ठूलो संयमित निर्णय गर्नुभएको हो ।’

अन्तिम राजाका रुपमा रहेका शाहसँग आलङकारीक भूमिका दिने भन्ने सन्दर्भमा त्यस्तो कुनै सहमति भएको आफूलाई जानकारीमा नरहेको बताएका उनले थपेका छन्,‘राजतन्त्रको अन्तिम राजालाई दरबारबाट बिदा गर्न जाँदा मैले पनि उहाँलाई भन्ने, सम्झाउने अथवा अनुरोध गर्ने जे सम्झिनूस् गरेँ, उहाँले पनि आफ्ना चिन्ता व्यक्त गर्नु भयो। अन्त्य हार्दिकतापूर्ण कुराकानी भएको थियो ।’