घर टहरा भत्काइएकोमा आज उपत्यका बन्द - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

घर टहरा भत्काइएकोमा आज उपत्यका बन्द



पुष २०, काठमाण्डौं ।
काठमाण्डौका सडक विस्तारपिडितले आज उपत्यका बन्द आह्वान गरेका छन् ।

सडक विस्तार अभियानको क्रममा आफुहरुको घरजग्गा बिना मुवाब्जा जबरजस्ति अतिक्रमण गरी उठिबास गराउन लागेको भन्दै त्यसको बिरोधमा बन्दको आह्वान गरिएको हो ।

२४ वटा उपत्यकाव्यापी सडक विस्तार संधर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरका हुन् ।

उपत्यकामा बन्दको बिहानैदेखि प्रभाव परेको छ । यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने , शैगिक सस्थाहरु पनि ठप्प छन् ।

कलंकी , सामाखुसी ,जोरपाटी , साखु , थैब ,हरिशिद्धि , तौखेल चोभार किर्तिपुर ,भक्तपुर ,सुनाकोठी ,बालाजु ,सितापाइला, रामकोट , सुर्यविनायक ,चापागउँ, ठेचो र टोखा लगायतका क्षेत्रमा बन्दको बढी प्रभाव रहेको छ ।

नेकपा क्रान्तिकारी माओबादी , नेवार जातिको संयुक्त संगठन नेवादे दबु लगाएत अन्य विभिन्न संगठनहरुले पनि आजको बन्दको समर्थन गरेका छन् ।banda

बन्दको पुर्व सन्ध्यामा हिजो राजधानीको विभिन्न स्थानमा भएको कोणसभामा विभिन्न क्षेत्रका संघर्ष समितिका अगुवाहरुले मुआब्जा नदिइकन राज्यले आफूहरुको जग्गा लिने घर भट्काउने काम गरेको विरोधमा जुलुस निकालेको थियो । सो क्रममा दर्जनौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।