बस र ट्रक ठोक्किँदा नौ जना घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बस र ट्रक ठोक्किँदा नौ जना घाइते



तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन्।

काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते भएका सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।