अपडेटःयसकारण भएको रैछ सुबिसुको कार्यालयमा भिषण आगालागी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अपडेटःयसकारण भएको रैछ सुबिसुको कार्यालयमा भिषण आगालागी



काठमाडौं : बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा भएको आगलागी रिजर्भमा राखिएको पेट्रोलियम पदार्थको कारण भएको छ ।

रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले नै आगो फैलिन सबैभन्दा बढी योगदान दियो । करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई वुधबार मध्यान्न धुँवामय बनायो।

आगलागीबाट सबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

आगोलाई नियन्त्रणमा लिन जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको छ। मानवीय क्षति भने आगजनीमा नभएको बताइएको छ।