भारतले गर्यो कमाल ,वेस्ट इन्डिजमाथि क्लिनस्वीप - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतले गर्यो कमाल ,वेस्ट इन्डिजमाथि क्लिनस्वीप



एजेन्सी : वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिज भारतले क्लीन स्वीप गरेको छ। ३ खेलको टी–२० सिरिज अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा वेस्टइंडिजलाई ७ विकेटले पराजित गर्दै भारतले सबै ३ खेल जित्दै सिरिज क्लिनस्वीप गरेको हो। पहिलो ब्याटिङ गर्दै वेस्टइंडिजले दिएको १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगावै ३ विकेट गुमाएर जित जित निकाल्यो।

भारतको जितमा युवा विकेटकीपर ऋषभ पन्तले ४२ बलमा समान ४ चौका र छक्का सहित ६५ रनको अविजित इनिङ खेले। त्यस्तै कप्तान विराट कोहली ४५ बलमा ६ चौका सहित ५९ रन बनाउँदा भारतले जितको आधार तयार गरेको थियो। ओपनर केएल राहुल २०, शिखर धवन ३ रनमा आउट हुँदा मनिष पाण्डे २ रनमा अविजित रहे। वेस्ट इन्डिजका लागि ओशन थोमसले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। उसका किरन पोलार्डले ४५ बलमा ६ छक्का र १ चौका सहित ५८ रनको योगदान दिंदा मध्यम लक्ष्य बनाउन सफल भएको थियो। त्यस्तै रोभमन पावेल २० बलमा २ छक्का र १ चौका प्रहार गर्दै ३२ रनमा नट आउट रहे।

ओपनर इभिस लुईस १०,सुनिल नारायण २,निकोलस पुरन १७ र कार्लोस ब्रेथवेट १० रनमा आउट भए। भारतका लागि युवा खेलाडी दिपक चाहरले ३ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिए। नवदीप सैनी २ र राहुल चहरको नाममा १ विकेट रह्यो। भारतले पहिलो खेल ४ विकेट र दोस्रो खेल डकवर्थ लेविस पद्धतीको आधारमा २२ रनले जितेको थियो। भारतले वेस्ट इन्डिजसँग थप ३ वान डे र २ टेष्ट खेल्ने कार्यतालिका रहेको छ। पहिलो एकदिवसीय खेल बिहीबार खेल्ने छ।