हिमालपोस्ट कर्मी पाण्डेयको जन्मदिन ,असहायलाई फलफूल र खाद्यान्न सहयोग

घोडाघोडी । हिमाल पोस्टकर्मी बिशाल पाण्डेयले सहारा घरमा बस्ने असहायहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । हिमाल पोष्ट डट कमका सुदुर पश्चिम् ब्युरो प्रमुख समेत रहेका पत्रकार पाण्डेले असहायका लागि सहयोगी हात नेपालद्बारा संचालित सहारा घरका असहायहरुलाई खाद्यान्न,फलफुल बितरण गरि जन्मदिन मनाएका हुन् ।

थोरै भए पनि सहारा घरमा सानो सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको पाण्डेयले बताए । उनले आगामि दिनमा पनि सहयोग गर्ने बताएका छन ।
साथै घोडाघोडी नगरपालिकाका बिद्यालय निरीक्षक उमेशराज रेग्मिले अध्यन संगै सहारा घरमा बसि हेरचाह गरिरहेका ३ जनालाइ स्टेशनरी सामाग्रि प्रदान गरेका छन ।पाण्डेयको जन्मदिनको अवसरमा आफू पनि सहारा घरमा आउदा सानो भएपनी सहयोग गरौ भनेर उक्त सामाग्री सहयोग गरेको रेग्मीले बताए ।

पछिल्लो समय मानिसहरुले आफ्नो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गरि जन्मदिन मनाइरहेको बेलामा सहारा घरमा आएर जन्मदिनको मनाएको भन्दै सहारा घरका संचालक बल बहादुर बिष्टले पत्रकार पाण्डेयलाई धन्यवाद व्यक्त गरे । बिष्टले सहारा घरमा बसोबास गर्दै आएका असाहयहरुलाई स्वास्थ चेकजाँचमा निकै नै समस्या रहेको बताएका छन् । स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको संचालक बिष्टले गुनासो गरे ।
सहारा घरमा हाल ५१ जना मानसिक रोगीहरु बस्दै आइरहेका छन् भने ५३ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काएको छ ।

