आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह्र वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । –रासस