कार्यालय सार्ने विषयमा झडप ,उपमेयर र वडाअध्यक्ष घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कार्यालय सार्ने विषयमा झडप ,उपमेयर र वडाअध्यक्ष घाइते



काठमाण्डाै – कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लाग्नु भएकाे छ ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ ।

घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । तर प्रहरीले मात्र २ जना समान्य घाइते भएको पुष्टि गरेको छ ।