घरमा राखेकाे माेटर साईकल चोरी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घरमा राखेकाे माेटर साईकल चोरी



बाैनिया: पछिल्लो समय चाेरिका घटनाले तिब्रता पाईरहेको बर्दगाेरिया गाउपालिकामा पुन अर्को घटना सार्वजनिक भएको छ ।

साेमबार राति घरमा राखेको अवस्थामा बर्दगाेरिया गाउपालिका १ कट्टिपुरका ईन्द्र भण्डारी २२० सिसिकाे पल्सर माेटर साईकल चाेरि भएको हाे । राति घरमा राखेको माेटर साईकल बिहान उठ्दा साेहि ठाउँमा नभेट्दा अाफु अचम्मित भएको पिडित भण्डारीले दुखेसाे पाेखे । २०१७ माेडेलकाे कालाे रङ्गमा रहेकाे साे बाईक अाफुले सदा झै राख्ने गरेको ठाउँमा नै साेमबार पनि राखेकाे उनले बताए ।

से ६ प ३७७ नम्बरको उत्त माेटर साईकल देख्ने व्यत्तिले नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन वा अाफुलाई ९८५८४२६२८१जानकारि गराईदिन भण्डारीले अाग्रह गरेका छन ।
दिन प्रतिदिन चाेरिका घटना वृद्धि हुदै जादा प्रहरी प्रसासनले यश तर्फ ध्यान दिनु पर्नेमा स्थानिय हरुले अाग्रह समेत गरेका छन ।