डुब्यो महेन्द्रनगर ,शारदा ब्यारेजमा आवजवाजतमा रोक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डुब्यो महेन्द्रनगर ,शारदा ब्यारेजमा आवजवाजतमा रोक



काठमाडौं । हिजोदेखि परेको पानीका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्र जलमग्न भएको छ । डुबानका कारण जनजीवन प्र्रभावित बनेको छ ।

उता, महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । कञ्चनपुरको सीमावर्ती क्षेत्र गड्डाचौकी भएर भारत जाने र भारतबाट नेपालतर्फ आउने चारपाङ्ग्रे सवारीसाधन चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार महाकालीमा प्रतिसेकेन्ड १ लाख १३ हजार क्युसेकको रफ्तारमा पानी बगिरहेको छ ।