जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री हिरासतमा
पीडीपी प्रमुख तथा जम्मू–काश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीलाई हिरासतमा लिइएको छ ।
यस बारेमा श्रीनगरको एक्जिक्यूटिव मजिस्ट्रटले आदेश जारी गरेको बताइएको छ।
महबूबालाई श्रीनगरको हरि निवास गेस्टहाउसमा राखिएको बताइएको छ ।
यसअघि उनी लगायत जम्मू–काश्मीरका ठूला नेताहरूलाई नजरबन्दमा राखिएको थियो ।