घोडाघोडीमा मृत अवस्थामा शव फेला

विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिका -२ आस्थानगरमा सोमबार एक जना मृत अवस्थामा फेला परेका छन् । स्थानीय बर्ष ५२ का शिवलाल चौधरी धानबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
आइतबार राती करिब ११ बजेतिर शौचालय जानी भनेर निस्केका चौधरी धानबारीमा मृत अवस्थामा फेला परेको
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिष शरण भट्टले जानकारी दिए । भट्टका अनुसार घरबाट करिब ५० मिटर टाढा चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
शौचालय जाने भनेर निस्केका चौधरी बिहान उठ्दा बिस्तारामा नहुदा खोजी गर्दै जादा धानबारीमा मृत अवस्थामा फेला परेको आफन्तहरुले जनाएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

