५० हजार रुपैयाँ घुससहित उद्योग निर्देशनालय हेटौंडाका अधिकृत पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

५० हजार रुपैयाँ घुससहित उद्योग निर्देशनालय हेटौंडाका अधिकृत पक्राउ



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

अमात्यले उद्योग दर्ता गर्न आईई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आयोगको कार्यालय, हेटौंडाबाट गएको टोलीले अमात्यलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट आइतबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारको केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।