कैलालीका नायव सुब्बा र खरिदार घुस सहित पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीका नायव सुब्बा र खरिदार घुस सहित पक्राउ



कैलाली : मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घुस रकम सहित पक्राउ परेका छन् ।

उनीहरुले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस लिएका हुन् ।

उनीहरुले घुस गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट गएको टोलीले दुवैलाई आठ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई लम्की चुहा नगरपालिका-३ व्यवस्थित नगरबाट आइतबार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जानकारी दिए