हिमानी शाहले गरिन पशुपतिनाथको दर्शन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमानी शाहले गरिन पशुपतिनाथको दर्शन



काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन्। पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन्।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी शाहले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्। साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ। सोही अवसर पारेर पूर्वयुवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी थिइन्।

दर्शनका क्रममा पूर्वयुवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरूको इच्छालाई पनि पूरा गरिदिएकी थिइन्।