वाइडबडी र सुन काण्ड बारे यसो भने बास्कोटा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

वाइडबडी र सुन काण्ड बारे यसो भने बास्कोटा



काठमाडौं- देशकै सबभन्दा ठूलो रकमको अनियमितता भनिएको वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले गठन गरेको छानविन समितिको म्याद सकिईसकेको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले छानविन गरी तयार पारेको प्रतिवेदनलाई चुनौती दिँदै सरकारले छानविन समिति गठन गरेको थियो।

तर, सरकारले गठन गरेको समितिले काम सुरु गर्न पाएन। उक्त समिति अहिले सक्रिय नरहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन्।

आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘वाइडबढीको छानविन अख्यितारले सुरु गरेपछि हामीले हेरेका छैनौँ। एउटा निकायले हेरेपछि हामीले गरेनौं। उसले नै लिएर आउनु पर्छ।’

अनियमिततामा कसैलाई जोगाउने वा बचाउने चाहना सरकारको नभएको दाबी गर्दै मन्त्री बास्कोटाले भने, ‘सुन काण्डको पनि त्यही हो। ३३ किलोका मान्छेहरु पक्राउ परेको छ, कारवाही हुँदैछ। वालुवाटारमा पनि त्यही भएको हो हामीले ल्याएको कुरा सार्वजनिक गरेका छौ।’