ससुराको पुस्तक बुहारीले गरिन सार्वजनिक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ससुराको पुस्तक बुहारीले गरिन सार्वजनिक



पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक भएको छ। हिमानी ट्रष्टले आज बालुवाटारमा पत्रकार सम्मेलन गर्दै पुस्तक विमोचन गरेको हो।

पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर सुनाउनु भएको थियो। पत्रकार सम्मेलनमा हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विपत्तिमा विभिन्न समयमा राहत उपलब्ध गराउँदै आएको जनाएको छ।

२०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको बताइएको छ। पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताउनु भयो। ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहनु भएको छ ।