होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराउने पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराउने पक्राउ



सुनसरी । ईटहरी उपमहानगरपालिका – ६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौ’नध’न्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका-१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौ’नध’न्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।