ठुलो संख्यामा खुल्यो नेपाली सेनाको विभिन्न पदमा जागिर (सुचना सहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि दरखास्त आव्हान गरेको हो ।
विभागले सूचना जारी गर्दै सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १–१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।


