कोहलीले भने: हामी पेशेवर खेलाडी हौँ - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कोहलीले भने: हामी पेशेवर खेलाडी हौँ



काठमाडौँ – भारतीय क्रिकेट टोलीका कप्तान विराटकोहलीले आफु अझै पनि उदार भएको बताएका छन् । विश्वकप क्रिकेट २०१९मा भारतीय टोली न्युजिल्यान्डसँग हारेर फर्किएको थियो ।

भारतले हार बेहोरेको तीन हप्ता भइसक्यो तर भारतीय टीमका कप्तान विराट कोहली भने अहिलेसम्म त्यो हार बिर्सन सकेका छैनन् ।

हार बेहोरेपछि निकै लामो समयसम्म आफू उदास रहेको कोहलीले बताएका छन् ।

कोहलीले वेस्ट इन्डिज विरुद्ध टी २० खेल हुनुभन्दा पहिला फ्लोरिडामा भएको पत्रकार सम्मेलनमा आफू सधैं उदास हुने गरेको बताएका हुन् ।

उनले भने, ‘भारतीय टीमको आँखा अब अर्को वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप तयारीमा छ ।’

‘हारको बारेमा सोचेर अहिले पनि मन उदास हुने गर्छ,’ कोहलीले भने, ‘हामी अब अगाडि आइसकेका छौं, हामी पेशेवर खेलाडी हौँ । यसैकारण विश्वकपमा जे भएपनि हामी स्वीकार्छौं ।’