अवैध सम्बन्ध राखेको अडियो सार्वजनिक भएपछि कांग्रेस नेता पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अवैध सम्बन्ध राखेको अडियो सार्वजनिक भएपछि कांग्रेस नेता पक्राउ



अछाम । एक महिलासँग अवैध सम्बन्ध राखेको अडियो सार्वजनिक भएपछि स्थानीय एक कांग्रेस नेता पक्राउ परेका छन् ।

अश्लिल अडियो सार्वजनिक भएपछि जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६, का नेपाली कांग्रेसका वडा सभापति मोहन रावल पक्राउ परेका हुन् ।

स्थानीय एक सामुदायिक सिकाई केन्द्रमा कर्मचारीका रुपमा कार्यरत महिलासँग अवैध सम्बन्ध राखेका रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख जनक शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार प्रहरीले रावलसहित महिला कर्मचारीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ ।

सामाजिक सञ्जालमा वडा सभापति रावल र महिलाबिच अवैध सम्बन्धबारे भएको सम्वाद बाहिरिएपछि घटना सार्वजनिक भएको हो । महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । रावलकी काकी नाता पर्ने ती महिलासँगको अन्तरंग कुराकानी बाहिरिएपछि अचानक सामाजिक सञ्जालमा विषय छाइरहेको छ ।

वडा अध्यक्ष रावल र महिलाबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियोमा उनीहरुले केही दिन पहिले शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि भेट्ने सल्लाह गरेका छन् ।

टेलिफोन सम्वादमा रावलले ‘आज आउँ कि के गरौं?’ भनेर सोधेका छन् भने प्रति उत्तरमा महिलाले ‘खाट बेस्सरी चुइँन्छ’ भनेकी छन् । महिलाले अघि बढेर अझ, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार पाँच दिन पख्र्यौ’ भनेको पनि अडियोमा छ ।

अडियोमा आफू दुई तीन दिन रोपाईँमा व्यस्त हुने र त्यसपछि भेटौँला भन्ने महिलाको प्रस्ताव छ । रावललाई महिलाले ‘घर आफ्नी श्रीमतिलाई फोन गर्यौ कि नाइँ ? कि छोड्देउ समेत भनेको सुन्न सकिन्छ ।

कुराकानीका क्रममा महिलाले भारतबाट आफ्नो लोग्नेले ४० र ५० बजार पैसा पठाएको र निकाल्न जान नपाएको भन्दै मेसेन्जरमा कोड नम्बर पठाइदिएको समेत भन्न भ्याएकी छन् । उल्लेख गरेकी छन् ।

यसरी बाहिरियो अडियो

स्रोतका अनुसार महिलाको मोबाइलमा अटो रेकर्ड हुने व्यवस्था रहेछ । घरमा चार्जमा लगाइएको मोबाइल संयोगवश महिलाका देवरले खोलेर हेर्दा अशिल अडियो भेटिएको हो ।

कांग्रेस नेता रावल र महिलाबीचको अन्तरंग अडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।