३३ किलो सुन प्रकरण:डीएसपी थुनामै,गोल्यानलाई १० लाख धरौटीमा छोड्ने फैसला - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

३३ किलो सुन प्रकरण:डीएसपी थुनामै,गोल्यानलाई १० लाख धरौटीमा छोड्ने फैसला



काठमाडौं । ३३ किलो सुन प्रकरण एवम् सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले एक जनाबाहेक सबैको हकमा उच्च र जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई १० लाख धरौटीमा धरौटीमा छोड्ने फैसला गरेको हो ।

सुन र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए । अपराधिक समूह स्थापना सञ्चालन सुन चोरी पैठारी र चोरी निकासी अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा आरोपपत्र दायर भएको थियो । सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्धा लड्नुपर्ने छ।

३३ किलो सुन प्रकरणमा विवादास्पद फैसला गरेको भन्दै उच्च अदालतका ८ जना न्यायाधीशहरु समेत कारबाहीमा परेका थिए ।