कप्तान कोहलीबारे सोयब अख्तरको यस्तो दाबी - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कप्तान कोहलीबारे सोयब अख्तरको यस्तो दाबी



एजेन्सी । पूर्व पाकिस्तानी फास्ट बलर सोयब अख्तरले विराट कोहलीलाई कप्तानबाट हटाउनु नहुने बताएका छन् ।

अख्तरले आफ्नो युट्युब च्यानलबाट भारतीय क्रिकेटको तीन वटै फर्म्याटका कप्तान रहेका विराटलाई हटाउनु मुर्खता हुने बताए ।

इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको विश्वकपमा भारत सेमिफाइनलबाट बाहिरिएपछि विराटको कप्तानी आलोचित बन्न पुगेको थियो ।

तर, अख्तरले भारतले लामो समय विराटको कप्तानीमा लगानी गरेको कारण हाल उनलाई हटाउन मुर्खता रहेको दाबी गरे ।

‘मेरो विचारमा विराटलाई कप्तानीबाट हटाउनु हुँदैन । किनकी भारतले लामो समय उसमा लगानी गरेको छ । र, विराटले ३/४ बर्ष देखी कप्तानी गर्दै आएका छन्,’ अख्तरले भने, ‘हुन त रोहित शर्मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईको सफल कप्तान हुन् । तर, विराटको कप्तानीमा क्रिकेट बोर्डले ठुलो लगानी गरेको छ त्यसैले उनलाई कप्तानबाट हटाउनु मुर्खता हो ।’

अख्तरले विराटको कप्तानीमा समस्या नरहेको तर, भारतलाई उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलाडी छनोट समिति आवश्यक रहेको बताए ।

‘विराटलाई चाहिएको भनेको राम्रो प्रशिक्षक र उत्कृष्ट खेलाडी छनोट कमिटि हो । यसको राम्रो उपलब्ध भए उनको कप्तानीमा प्रश्न उठ्ने छैन,’ अख्तरले थपे ।

यस्तै अख्तरले पाकिस्तान क्रिकेटको कप्तान परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको  बताए । उनले कप्तान सरफराज अहमदको कप्तानीमा विकल्प खोज्नु पर्ने बताए ।