मेस्सी र रोनाल्डो उत्कृष्ट १० मा, नेइमार आउट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मेस्सी र रोनाल्डो उत्कृष्ट १० मा, नेइमार आउट



एजेन्सी- फिफा अवार्ड २०१९को मनोनयन सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन् ।

फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी डच डिफेन्डर भर्जिल म्यान डाइक, सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह परेका छन् ।

यस्तै टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् । नेदरल्याण्ड्सका अरु दुई खेलाडी पनि मनोनयनमा परेका छन् । माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा पर्ने अन्य दुई डच खेलाडी हुन् । यस्तै फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड अन्तिम १० को सूचीमा परेका छन् ।