सन्दीपलाई समस्यामा पार्दै दिल्ली क्यापिटल्स - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सन्दीपलाई समस्यामा पार्दै दिल्ली क्यापिटल्स



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् ।

बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । मारकन्डेसँगै सन्दीप,अमित मिश्रा र राहुल तेवतिया दिल्लीका लेग स्पिनर हुन् ।

चार लेग स्पिनरसँगै सन्दीपले आगमी संकरणमा पनि पुरै खेल खेल्न पाउनी संभावना न्यून देखिन्छ । ३ वर्षे सम्झौता अनुसार सन्दीपले यो वर्षपनि दिल्लीबाट खेल्नेछन् । दिल्लीले सन्दीपलाई गत वर्ष २० लाख भारतीय रुपैंयामा तीन वर्षको लागि टोलीमा अनुबन्ध गरेको थियो ।

अघिल्लो वर्ष ३ खेलमा मात्रै मौका पाएका सन्दीपले यस संस्करणमा ६ खेल खेल्दा अन्य सबैमा बेन्चमा बसे । यस संस्करणमा सन्दीपले ६ खेलमा ८ विकेट लिए ।

त्यस्तै मुम्बईले यस संस्करणमा मारकन्डेलाई ३ खेलमा मात्रै मौका दिएको थियो । युवा खेलाडी राहुल चाहरले उत्कृष्ट प्रर्दशन गरेपछि मारकन्डे बेन्चमा बस्नु परेको थियो । मारकन्डेले गत फेब्रुअरीमा भारतबाट अष्ट्रेलियाविरुद्ध टि २० मा डेब्यू गरि सकेका छन् । यस संस्करणमा उत्कृष्ट प्रर्दशन गरेको दिल्ली दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।