कृषि मन्त्रीले भने- कालीमाटी गुण्डा र दलालको राज्य हो, सरकारले केहि गर्न सकेन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कृषि मन्त्रीले भने- कालीमाटी गुण्डा र दलालको राज्य हो, सरकारले केहि गर्न सकेन



काठमाडौं–कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूल बजार कालिमाटी दलाल तथा विचौलियको कब्जामा रहेको गुनासो गरेका छन् । कालीमाटीलाई सरकारले पनि सुधार गर्न नसकेको बताउँदै उनले त्यसलाई बन्द गर्ने अवस्था आएको बताए । उनले भने, ‘कालीमाटीमा दलाल र गुण्डाको राज्य छ, त्यसलाई बन्द गरिदिनुपर्ने अवस्था आएको छ ।’ त्यहाँ सरकारको समिति छ तर केही गर्न नसकेको बताउँदै मन्त्री खनालले दलाल र विचौलियाले किसानलाई प्रवेश गर्न नदिएको बताए ।

झापा र मोरङमा एक रुपियाँमा कागती पाउँछ तर कालीमाटीमा एउटा कागतीको १० रुपियाँ लिन्छन्, यदि किसानलाई त्यहाँ प्रवेश गर्न दियो भने तरकारी सस्तो हुन्छ तर विचौलियाले कब्जा जमाएको छ अरु कसैलाई प्रवेश गर्न नदिएको उनले बताए । एउटा सिस्टम बनाई किसानको पहुँच त्यहाँसम्म पुर्याउनुपर्ने बताउँदै उनले दलाल र विचौलियाको दादागिरी बन्द गर्नुपर्ने बताए ।

कृषि मन्त्रालयमा बिहिवार आयोजित तृतीय चौमासिक तथा वार्षिक अवधिको प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खनालले एक दुईजनाका कारण मन्त्तालयले लिएको लक्ष्य हासिल गर्न नसकेको गुनासो गरे ।

गत आर्थिक वर्षका नौवटा योजना सफल नभएको बताउँदै उनले यो चालू आर्थिक वर्षमा कृषिको कार्य प्रगतिमा विशेष जोड दिनुपर्ने बताए ।