चम्कियो श्रीलङ्का, सिरिज नै क्लिन स्विप - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

चम्कियो श्रीलङ्का, सिरिज नै क्लिन स्विप



एजेन्सी । घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।

कोलम्बोमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई १२२ रनले पराजित गर्दै श्रीलंकाले सिरिज ३-० ले जितेको हो ।

प्रेमादासा क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको २९५ रनको लक्ष्य पछाएको बंगालदेश ३६ ओभरमा अलआउट हुँदै १७२ रनमा समेटियो ।

बंगलादेशका लागि सौम्य सरकारले ६९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै तैजुल इस्लामले ३९ रन जोडे । श्रीलंकाका लागि दासुन सनकाले ३ तथा कसुन राजिथा र लाहिरु कुमाराले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन जोडेको थियो ।

श्रीलंकाको जितमा एञ्जेलो म्याथ्युजले ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुशल मेन्डिसले ५४ रनको योगदान गरे । कप्तान दिमुथ करुणारत्नेले ४६ रन जोड्दा कुशल परेराले ४२ रन बनाए ।

बंगलादेशका सौम्य सरकार र शैफुल इस्लामले ३/३ विकेट लिए ।

पाहुना टोलीविरुद्ध श्रीलंकाले पहिलो खेलमा ९१ रन र दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।