क्रिस गेल फेरी चम्किए: ५४ बलमा १२२ रन - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

क्रिस गेल फेरी चम्किए: ५४ बलमा १२२ रन



एजेन्सी- वेस्ट इण्डिजका ब्याटस्म्यान क्रिस गेलको खेल हेर्दा लाग्छ उनी कहिले बुढा हुँदैनन्। ३९ वर्षिय गेलको ब्याट अझै पनि मैदानमा युवा खेलाडी सरह नै चल्छ।

यसको उदाहरणले क्यानडामा सुरू भएको ग्लोबल टि-२० सिरिजमा देखियो। उनले ५४ बलमा १२२ रनको पारी खेलेर सबैलाई गेल शक्तिको नमुना पुनः पेस गरिदिए। यस क्रममा उनले १२ छक्का र ७ चौका प्रहार गरे।

यस लिगमा उनले भ्यानकुभर नाइट्सका लागि खेलिरहेका छन्। गेलको यस विष्फोटक पारीमा उनीहरूले टोरन्टो नेश्नल्सलाई ३ विकेटको नोकसानीमा २७६ रनको विशाल योगफल खडा गरेका थिए।

विशाल योगफल खडा गरेपनि पानीका कारण खेल बिथोलिएपछि उनीहरूले जित भने दर्ता गर्न सकेनन्।

यस योगफलमा टोबियाज विसीले ५१ रनको पारी खेले भने चैडविक वाल्टनले २९ रनको योगदान दिए। यस्तै ह्याम्ड्रिक दसेनले ५६ रन बनाए।

गेलले यस्तो विश्फोटक पारी खेलेपछि वेस्ट इण्डिजका शाई होपले ट्वीट गर्दै गेललाई ‘गेल तपाईं मान्छे त हो?’ भनेर सोधेका छन्।

अगस्ट ३ बाट सुरू हुने वेस्ट इण्डिज र भारतबीचको क्रिकेटमा गेल १४ सदस्यीय टोलीमा छन्। उनलाई ३ वान डे खेल्नका लागि टोलीमा समावेश गरिएको छ।

विश्वकप अगाडि गेलले संन्यासको घोषणा गरे पनि हाललाई उनले सो निर्णय स्थगित गरेका छन्।