युवा ब्याट्सम्यान पृथ्वी श निलम्बित - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

युवा ब्याट्सम्यान पृथ्वी श निलम्बित



एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले युवा ब्याट्सम्यान पृथ्वी शलाई ८ महिनाका लागि निलम्बन गरेको छ ।

बीसीसीआईले प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको जनाएको छ ।

बीसीसीआईले मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । श प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन् । उनले सेवन गरेको पदार्थ औषधीमा पाईने गरेको बीसीसीआईले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शले आफ्नो नमुना परिक्षण गरेका थिए । जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो ।

शले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका छन् । तर उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन् । बीसीसीआईले शको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

उनले भारतबाट अन्तिम पटक वेस्ट ईन्डिजविरुद्व टेष्ट खेल हैदराबादमा खेलेका थिए । उनले अहिलेसम्म भारतका लागि दुई टेष्ट खेलेका छन् ।

उनको नाममा एक सतक र एक अर्धसतक रहेको छ । उनले दुई टेष्टमा १ सय १८ दशमलव ५० को औसतमा २ सय ३७ रन बनाएका छन् ।