लेनिनले प्रचण्डलाई भने: हिरो बन्ने मन भए हेग जान तयार हुनुस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

लेनिनले प्रचण्डलाई भने: हिरो बन्ने मन भए हेग जान तयार हुनुस



काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगे संसारकै हिरो बनेर निस्कने बताएका बेला पूर्व माओवादी लडाकू लेलिन बिष्टले भने उनलाई हेग लैजान तयार रहेको बताएका छन् ।

एक कार्यक्रममा हेग लगे आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने प्रचण्डको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताएका छन् ।

‘हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो’ विष्टले भने, ‘हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ’

विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिएका थिए ।

पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिएका थिए ।