प्रचण्ड सपरिवार दुबई जाँदै: किन गर्दैछन भ्रमण - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्ड सपरिवार दुबई जाँदै: किन गर्दैछन भ्रमण



काठमाडौं- नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछन्।

विहान ९ः३० बजे युएई प्रस्थान गर्न लागेका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका सचिवालयले जानेको छ।

प्रचण्डको साथमा पत्नी सीता छोरीहरु रेणु र गंगा सहित तीनजना बच्चा पनि हुनेछन्। लामो समयदेखि विरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण हुन लागेको पारिवारिक स्रोतले जनाएको छ।

युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्। उनको युएई भ्रमणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा जानकारी गराइएको थियो।