झुन्डिएको अवस्थामा एक बालिकाको शव फेला
हिमाल पोस्ट / कञ्चनपुर ।
कञ्चनपुरको लालझाँडी गाउँपालिका- ३ मा एक बालिकाको शव फेला परेको छ । रामनगर सामुदायिक वनमा झुण्डिएको अवस्थामा सोमबार शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
शव लालझाँडी डुङ्गाका स्थानीय गोपाल चौधरीकी १५ बर्षिया छोरी पूनम चौधरीको रहेको प्रहरीले जनाएको छ ।
पलास्टिकको डोरिले घाटीमा पासो लगाको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
आत्महत्या वा हत्या हो भन्ने घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि बेलौरी लैजाने बताइएको छ ।