नेपाललाई झड्का, महत्वपुर्ण विकेट पतन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाललाई झड्का, महत्वपुर्ण विकेट पतन



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई १९ रनमा गुमाएको हो ।

नेपालले ३ ओभरको खेल चलिरहदा १ विकेट गुमाएर ४४ रन जोडको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । 

आज नेपाल कुवेतविरुद्ध स्पष्ट जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ ।