आफैलाई सुधार्दै प्रधानमन्त्री ओली: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

आफैलाई सुधार्दै प्रधानमन्त्री ओली: यस्तो छ पछिल्लो अवस्था



काठमाडौं- प्रधामन्त्री केपी ओलीले आफैँलाई सच्याउँदै लगेका छन्। पछिल्लो सयम उनले देखाएका क्रियाकलापले त्यस्तै संकेत गरेको छ।

पछिल्लो समय उनी कम बोल्ने, गल्ती गर्दा जनतासँग क्षमा याचना गर्ने, संवाद बढाउने, आफ्ना आलोचकलाई पनि भेट्ने, सरोकारवालाहरुसँग छलफल गर्ने, असन्तुष्टलाई फकाउने र सम्बन्धहरुको नविकरण गर्ने काममा लागेका छन्।

प्रधानमन्त्रीले बढी बढी बोलेको र अनावश्यक विवाद निम्त्याएको भन्दै आलोचना हुने गरेको थियो।

२० असारयता पार्टी बैठक र सरकारी कार्यक्रमबाहेक प्रधानमन्त्री अन्यत्र सहभागी छैनन्।

तीन सातायता देशले न उखानटुक्का सुनेको छ, न मिडिया, बुद्धिजीवी, आलोचक र प्रतिपक्षहरुले कटाक्ष। याे खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

सरकारको कार्यशैलीको कठोर आलोचना गर्दै आएका नारायणकाजी श्रेष्ठ, भीम राहव, घनश्याम भुसाल, योगेश भट्टराईसहित दर्जनभन्दा बढी नेताहरुसँग ओलीले पार्टी एकता र सरकारको कामबारे परामर्श गर्दै सुझाब लिएका छन्।

भुसालसँग त उनले ६ वर्षपछि अनौपचारिक छलफल गरेका हुन्, त्यो पनि पूरै साढे दुई घन्टा।