मालिंगाले श्रीलंकालाई जित दिलाएर लिए सन्यास - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मालिंगाले श्रीलंकालाई जित दिलाएर लिए सन्यास



एजेन्सी – तीव्र गतिका बलर लाथिस मलिंगाको वान डे करिअरको अन्तिम खेलमा बंगलादेशसँगको पहिलो ओडीआईमा श्रीलंका ९१ रनले विजयी भएको छ ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । श्रीलंकालाई विशाल योगफल बनाउन युवा खेलाडी कुशल परेराले १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेले । परेराले ८२ बलमा आफ्नो वान डे करिअरको पाँचौ शतक पुरा गरेका थिए ।

३३ औं ओभरको चौथो बलमा सौम्य सरकारले मुस्ताफिजुर रहमानबाट क्याच आउट गराउनुअघि उनले ९९ बलमा १७ चौका र १ छक्का प्रहार गरे । ओपनर अभिष्का फर्नान्डो ७,कप्तान दिमुथ करुणारत्ने ३६, कुशल मेन्डिश ४३ र एन्जिलो मेथ्युज ४८ रनमा आउट भए । धनन्जय डी शिल्भा १८,लाहिरु थिरमिने २५ रनमा आउट हुँदा मलिंगा ६ रनमा नट आउट रहे ।

३ सय १५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४१.४ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । उसका लागि विकेटकीपर मुश्फिकुर रहिमले ८६ बलमा ५ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै शब्बिर रहमानले ५६ बलमा ७ चौका सहित ६०,सौम्य सरकार १५,मोसाद्देक हसन १२ र मुस्ताफिजुर रहमानले १८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

श्रीलंकाको जितमा तीब्र गतिका बलर लाथिस मलिंगाले ९.४ ओभरमा २ मेडन सहित ३८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै नुवान प्रदीपले पनि ९ ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ३,धनञ्जय डी शिल्भा २ र लाहिरु कुमाराले १ विकेट हात पारे ।

घरेलु मैदानबाट वान डे क्रिकेटमाट सन्न्यास लिएका मलिंगालाई गार्ड अफ अर्नरको विशेष सम्मान सहित बिदाई गरिएको थियो । तीन वानडे सिरिज अन्तर्गत दोस्रो खेल सोमवार हुने छ ।